"सत्य, सेवा सुरक्षणम्"
श्रीमान् गृह सचिव महेश्वर न्यौपानेबाट आज मिति २०७६।११।२८ गते विहान ७:३० बजेको समयमा यस नेपाल प्रहरी अस्पतालको निरीक्षण गर्नुका साथै उपस्थित सम्पूर्ण प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन सम्बोधन गर्नुभएको थियो । सचिव ज्यूको निर्देशन सम्बोधन अस्पतालको सरसफाईमा ध्यान दिन, उपचारार्थ आउने विरामीहरुलाई भेदभाव नगर्न, समान व्यवहार गर्न लगायत विश्वव्यापी महामाहरीको रुपमा फैलिरहेको कोरोना भाइरसबाट भविष्यमा हुनसक्ने जोखिमलाई मध्यनजर राख्दै (संभावित विरामीको लागि) हाल छुट्याइएको Isolation Ward मा थप शौयाहरुको व्यवस्था गर्न तर्फ समेत आवश्यक निर्देशन दिनुभएको थियो ।उक्त निरीक्षण कार्यक्रममा नेपाल प्रहरीका संगठन प्रमुख श्रीमान् प्रहरी महानिरीक्षकज्यू समेतको सहभागिता रहेको थियो ।
Molecular Diagnostic Unit (PCR Lab) उद्घाटन तथा दर्ज्यानी चिन्ह शुसोभन कार्यक्रम-------------------------------------------------------------------------------मिति: २०७७।०३।१६यस नेपाल प्रहरी अस्पताल महराजगंजमा Molecular Diagnostic Unit (PCR Lab) को प्रमुख अतिथि संगठन प्रमुख श्रद्धेय श्रीमान प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीज्यूबाट समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।साथै नेपाल सरकार तालुक गृह मन्त्रालयको विभिन्न मितिको पत्रले बढुवा हुनु भएका प्रहरी अधिकृतज्यूहरुलाई दर्ज्यानी चिन्हबाट सुशोभन गर्नुभएको छ ।उक्त कार्यक्रममा सम्बोधन गर्नुहुँदै मेडिकल डाईरेक्टर प्र.अ.म.नि. डा. आशा सिंहज्यूले, यस अस्पताललाई समयनाकुल स्रोत र साधनसम्पन्न बनाउँदै स्वास्थ्य क्षेत्रमा आएका नबिनतम् प्रबिधी र पद्दतिलाई अङ्गिकार गरी स्वस्थ वाताबरण तथा बिरामीमैत्री सेवा प्रदान गर्ने र उन्नत अस्पतालको रुपमा बिकास गर्न हामी सवै कठीबद्द रहेको उल्लेख गर्नुभएको थियो ।सोही अवसरमा Molecular Diagnostic Unit (PCR Lab) स्थापना गर्न उत्कृष्ठ भूमिका निर्वाह गर्ने प्रहरी कर्मचारीहरुलाई प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीज्यूले पुरस्कार प्रदान गर्नुभएको थियो ।
मिति २०७७।०५।१५COVID-19 को संक्रमण दिनानुदिन फैलिई गई विश्वभर माहामारीको रुपमा देखा परेको विषम परिस्थितिमा नेपाल प्रहरी अस्पतालप्रति सद्भाव देखाई AOALLIANCE Asia Steering Committe का प्रमुख प्रा. डा. रमेश प्रसाद सिंहज्यूबाट स्वास्थ्यकर्मीहरुको लागि आवश्यक पर्ने PPE (Personal Protective Equipment) थान ७५ (पचहत्तर) नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्रा. प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहज्यूलाई हस्तान्तरण गर्नुभएको छ ।
मिति २०७७।०५।१५ घुम्ती नमूना संक्लन सेवा (MSCV) नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्र.अ.म.नि. डा. आशा सिंहज्यू लगायत चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरुलाई MSCV को Handeling Demostartion कार्यक्रम सम्पन्न भएको ।
टेलिमेडिसन सेवा समुदघाटन कार्यक्रमसंगठन प्रमुख, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीज्यूको प्रमुख आतिथ्यतामा "६५ औं प्रहरी दिवस २०७७" को उपलक्ष्यमा नेपाल प्रहरी अस्पतालद्वारा 'टेलिमेडिसिन सेवा" समुदघाटन कार्यक्रम सम्पन्न भएको छ ।साथै उक्त कार्यक्रममा उत्कृष्ट ढंगले कार्य सम्पदान गर्न प्रहरी कर्मचारीहरुलाई प्रहरी महानिरीक्षकज्यूबाट पुरस्कार प्रदान गर्नुभएको छ ।
मिति २०७७/०८/०७ गतेदेखि ३० कार्य दिनको गैह्र-आवाशिय "Emergency Medicine and Dialysis Management Training " (जु.प्र.अ./प्र.ह/प्र.ज) दोस्रो समुह तालिम यस अस्पतालका तालिम संयोजक प्राविधिक प्रहरी नायब महानिरीक्षक डा. सुन्दर प्रसाद हैंजुबाट तालिम शुभारम्भ गर्नु भएको छ ।विभिन्न शाखामा कार्यरत दश जना प्र.ना.नि. स्टाफ नर्सहरुलाई उक्त तालिममा समावेश गरिएको छ ।
आ.ब. २०७७/०७८ को कार्य सम्पदान सम्झौता भई सकेको हुँदा त्यसलाई सफल कार्यान्वयन गर्ने क्रममा यस अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहज्यूसंग क्षेत्रीय प्रहरी अस्पताल तथा प्रदेश प्रहरी अस्पतालका प्रमुखहरु संग भिडियो कन्फ्रेरेन्स मार्फत कार्य सम्पादन सम्झौता हस्ताक्षर कार्यक्रम सम्पन्न गर्नु भएको छ ।
विशेषज्ञ चिकित्सक सहित स्वास्थ्य शिविर (नि:शुल्क) संचलान गरिएकोमिति २०७७।११।१६ र १७ गतेनेपाल प्रहरी अस्पताल महाराजगंज, काठमाण्डौंको आयोजना र जिल्ला सर्लाही, बलरा नगरपालिका वडा न. ७ को सहकार्यमा सर्वसाधारण नागरिकहरुको लागि विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य शिविर (नि:शुल्क) मिति २०७७।११।१६ देखित १७ गते सम्म संचालन भएको थियो । महिला, बाल-बालिका तथा जेष्ठ नागरिक लक्षित उक्त शिविरमा स्त्री तथा प्रसुति र हाड-जोर्नी सम्बन्धि विशेषज्ञ चिकित्सकहरुबाट सेवा प्रदान गर्नु भएको थियो । यस नि:शुल्क शिविरबाट आठ सय एघारजनाले नि:शुल्क सेवा प्राप्त गर्नु भएको थियो ।साथै मिति २०७७।११।१८ र १९ गते, नेपाल प्रहरी अस्पताल र २ नं प्रदेश प्रहरी अस्पताल (ठाकोदेवी-जोगेन्द्र भगत) रुपनी सप्तरीद्वारा संयुक्त रुपमा संचालित सर्वसाधारण नागरिकहरुको लागि विशेषज्ञ स्वास्थ्य शिविर (नि:शुल्क) संचालन भएको थियो । यस नि:शुल्क शिविरबाट आठ सय एकह्रतर जनाले नि:शुल्क सेवा प्राप्त गर्नु भएको थियो ।
नेपाल प्रहरी अस्पताले ३७औं वार्षिकोत्सव मिति २०७७ चैत २६ गते श्रीमान् प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सो कार्यक्रममा प्र.ना.म.नि. डा. रामकृष्ण राजभण्डारीज्यूबाट स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने नेपाल प्रहरी अस्पतालको वार्षिक प्रतिवेदन प्रशासकिय अधृकित प्र.ना.उ. प्रेम सागर के.सी. पेश गर्नु भएको थियो । सो अवसरमा प्रकाशित हुने आस्पतालको वार्षिक स्मारीका "अस्पताल दर्पण २०७७" लोकार्पण संगठन प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीज्यूबाट भएको थियो । सो अवसरमा अस्पतालले online सेवाको लागि Patient Portal को समद्घाटन, प्रहरी कल्याण कोषले प्रदान गरेको थैली संगठन प्रमुख प्रहरी महानिरीक्षक ज्यूबाट अस्पताल प्रमुख मेडिकल डाइरेक्टरलाई हस्तान्तरण, नेपाल प्रहरी श्रीमती संघबाट अस्पताललाई न्यानो कम्बल हस्तान्तरण र बिरामीहरुलाई फलफुल वितरण हुनाका साथै प्रमुख अतिथिज्यूबाट निर्देशन सम्बोधन र कार्यक्रमको अन्तमा मेडिकल डाइरेक्टरज्यूबाट धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
मिति २०७७।१०।०७नेपाल प्रहरी अस्पतालमा आ.व. २०७७।७८ को स्वीकृत तालिम क्यालेण्डर अनुसार मिति २०७७।०९।१९ गते देखि यस अस्पतालमा संचालन भएको १५ दिनको गैर आवाशिय "Advance Trauma Life Support and Surgical Emergency Management Training" (जु.प्र.अ/प्र.ह/प्र.ज) प्रथम समूहको मिति २०७७।१०।०७ गते यस अस्पतालका मेडिकल डाईरेक्टर प्रा.प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहज्यूको प्रमुख आतिथ्यमा तालिम समापन भएको छ । उक्त तालिममा १० जना प्रशिक्षार्थीहरु (जु.प्र.अ/प्र.ह/प्र.ज) सहभागी भई सफलतापूर्वक सम्पन्न भएका छन् ।तालिम समापन कार्यक्रममा सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि मेडिकल डाईरेक्टर प्र.अ.म.नि. डा. आशा सिंहज्यूले यस तालिममा प्राप्त ज्ञान सिपलाई आफ्नो व्यवशायिक जीवनमा मात्र नभई व्यक्तिगत जीवनका लागि समेत लाभकारी हुने बताउनु भएको छ। अस्पतालको सेवा प्रवाहलाई अझ सुदृढ तथा व्यवसायिक बनाउनु सबैको महत्वपूर्ण भूमिका हुने हुँदा तालिमका प्रशिक्षार्थीहरुलाई थप अभप्रेरित भई आफ्नो कार्य क्षेत्र यस तालिमबाट प्राप्त ज्ञान सिपको कार्याव्यन गर्न निर्देशन दिनुभएको छ ।तालिम संयोजक प्र.व.उ.डा. गोपेश ठाकुरले तालिम सम्बन्धी प्रतिवेदन पेश गर्नु हुँदै रा.प्र.प्र.प्र. लाई विशेष धन्यवाद ज्ञापन गर्नुभएको छ ।