प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
CSSD Department

 

नेपाल प्रहरी अस्पताल बि.सं. २०४० सालमा स्थापना भए पश्चात अस्पतालको आवश्यकतानुसार गुणस्तरीय सेवा प्रदान संगसगै बि.सं. २०५८ सालमा यस अस्पतालमा Central Sterile Supply Department (CSSD) संचालनमा ल्याइएको थियो । Central Sterile Supply Department (CSSD)अस्पतालको एक यस्तो महत्वपूर्ण बिभाग हो जहाँ अस्पतालको बिभिन्न वार्ड तथा बिभागहरुमा आवश्यक पर्ने सामानहरु जस्तै Gauze, Cotton, Gloves लगायत निर्मलिकरण गर्नु पर्ने सामानहरु र बिरामीलाई प्रयोग गरिएका

Contaminated सामानहरुलाई Decontamination गरी Sterilization (निर्मलिकरण) गरी आवश्यकतानुसार अस्पतालको सम्पुर्ण वार्ड तथा बिभागहरुमा वितरण गरिन्छ ।

 

Central Sterile Supply Department (CSSD) शुरु गर्दा दुईवटा कोठा लिई Autoclave Machine -१, In-charge -१सहित केही सहायक कर्मचारी लिएर शुरु गरिएको थियो । अस्पतालको आवश्यकता, बृद्धिबिकास र बिस्तार क्रममा CSSD लाई पनि व्यवस्थित र बिस्तार संगसंगै थप सामान, जनशक्ति तथा भौतिक पूर्वाधारको पनि आवश्यकता र ठाउँ साँघुरो भएकोले २०७३ साल माघ महिनामा नयाँ भवनमा स्थानान्तरण गरियो । आवश्यकतालाई मध्ये नजर गरी यस शाखामा Autoclave Machine पनि थप गरियो । हाल यस शाखामा

दिनहुँ ३ वटा Autoclave Machine संचालनमा आएको व्यहोरा जानकारी गराउदछु । यस शाखामा हाल कार्यरत जनशक्ति,मेशिन/औजार र कार्यहरु निम्नानुसार छन् ।

 

जनशक्ति :

ईन्चार्ज - १

सहायक – ३

 

मेशिनरी औजार

Autoclave Machine – ३

 

कार्य :

 Preparation: दैनिक रुपमा वार्ड तथा बिभागहरुमा आवश्यक पर्ने Gauze, Cotton, Dressing Pad लगायतका सामानहरु आवश्यक अनुसार तयार पारिन्छ ।

 Collection: बिभिन्न वार्ड तथा बिभागहरुमा बिरामीहरुलाई प्रयोग गरिएको Contaminated सामानहरु collection गरिन्छ ।

 Cleaning: बिभिन्न वार्ड तथा बिभागहरुबाट बिरामीलाई प्रयोग गरिएका contaminated instrument हरुलाई decontamination गराई सफा गरिन्छ ।

 Packing: सफा पारिएका सामानहरुलाई सुख्खा बनाई बिभिन्न Set हरु packing गरी autoclave को लागि तयार पारिन्छ ।

 Autoclave: Packing गरि तयार पारिएका सामानहरु निर्मलिकरणको लागि Autoclave गरिन्छ ।

 Checking: निर्मलिकरण गरिएका सामानहरु राम्रोसंग autoclave भए नभएको चेकजाँच गरिन्छ ।

 Supply: बिभिन्न वार्ड तथा बिभागहरुमा आवश्यकतानुसार सामानहरु बितरण गरिन्छ ।