प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रमाण पत्र तह नर्सिङ्ग कार्यक्रमको Online आवेदन दिने सम्बन्धी जानकारी

२०७९-०९-१४

  • A
  • A-
  • A+
Share

सूचना

 

 प्रमाण पत्र तह नर्सिङ कार्यक्रममा अध्ययन गर्न चाहनेहरुको लागि Online निवेदन सम्बन्धी सूचना

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्, परिक्षा नियन्त्रण कार्यालयको मिति २०७९।०९।११ को सूचना अनुसार यस नेपाल प्रहरी अस्पताल, स्कूल अफ हेल्थ साइन्सेज,का.म.न.पा. ३, महाराजगंज, काठमाण्डौंमा प्रमाण पत्र तह नर्सिङ्ग विषयमा भर्ना भई अध्ययन गर्न मापदण्ड पुरा गरेका विद्याथीहरुलाई Online निवेदनको लागि nphshs@gmail.com मा निवेदन आवहान गरिएको छ ।

 निवेदन दिने अन्तिम मिति: २०७९ पौष १७ गते आइतबार १६:०० बजे सम्म

२) निवेदन साथ Upload गर्नुपर्ने कागजातहरु

            क) नेपाल अधिराज्यमा अन्य संस्थामा भर्ना सिफारिस भई उतिर्ण सूचीमा रहेको नतिजा प्रिन्ट

            ख) फोटो सहितको प्रवेश पत्रको प्रतिलिपि

            ग) एस.एल.सी वा एस.इ.इ. वा प्राविधिक एस.एल.सी. को  शैक्षिक योग्यताको प्रतिलिपि

            घ) परिक्षार्थीको निवेदन

सम्पूर्ण कागजात pdf Format मा Upload गर्नु होला । ( size: 170 KB - 1 MB) per file

नोट: थप जानकारी आवश्यक भएमा ९८५१२२९०९४५ मा सम्पर्क गर्न र nph.nepalpolice.gov.np वा  ctevt.org.np समेतमा हेर्न सकिने छ ।

परिक्षार्थीको निवेदन Download गर्नु होस्  ।