प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

"Advance Trauma Life Support and Surgical Emergency Management Training" तालिम समापन

२०७७-०६-१४

  • A
  • A-
  • A+
Share

मिति २०७७।१०।०७

नेपाल प्रहरी अस्पतालमा आ.व. २०७७।७८ को स्वीकृत तालिम क्यालेण्डर अनुसार मिति २०७७।०९।१९ गते देखि यस अस्पतालमा संचालन भएको १५ दिनको गैर आवाशिय "Advance Trauma Life Support and Surgical Emergency Management Training" (जु.प्र.अ/प्र.ह/प्र.ज) प्रथम समूहको मिति २०७७।१०।०७ गते यस अस्पतालका मेडिकल डाईरेक्टर प्रा.प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहज्यूको प्रमुख आतिथ्यमा तालिम समापन भएको छ । उक्त तालिममा १० जना प्रशिक्षार्थीहरु (जु.प्र.अ/प्र.ह/प्र.ज) सहभागी भई सफलतापूर्वक सम्पन्न भएका छन् ।

तालिम समापन कार्यक्रममा सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि मेडिकल डाईरेक्टर प्र.अ.म.नि. डा. आशा सिंहज्यूले  यस तालिममा प्राप्त ज्ञान सिपलाई आफ्नो व्यवशायिक जीवनमा मात्र नभई व्यक्तिगत जीवनका लागि समेत लाभकारी हुने बताउनु भएको छ। अस्पतालको सेवा प्रवाहलाई अझ सुदृढ तथा व्यवसायिक बनाउनु सबैको महत्वपूर्ण भूमिका हुने हुँदा तालिमका प्रशिक्षार्थीहरुलाई थप अभप्रेरित भई आफ्नो कार्य क्षेत्र यस तालिमबाट प्राप्त ज्ञान सिपको कार्याव्यन गर्न निर्देशन दिनुभएको छ ।

तालिम संयोजक प्र.व.उ.डा. गोपेश ठाकुरले तालिम सम्बन्धी प्रतिवेदन पेश गर्नु हुँदै रा.प्र.प्र.प्र. लाई विशेष धन्यवाद ज्ञापन गर्नुभएको छ ।

सम्बन्धित समाचार