प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

गृह सचिव महेश्वर न्यौपानेबाट नेपाल प्रहरी अस्पतालको निरीक्षण तथा निर्देशन सम्बोधन

२०७८-०६-१६

  • A
  • A-
  • A+
Share

श्रीमान् गृह सचिव महेश्वर न्यौपानेबाट आज मिति २०७६।११।२८ गते विहान ७:३० बजेको समयमा यस नेपाल प्रहरी अस्पतालको निरीक्षण गर्नुका साथै उपस्थित सम्पूर्ण प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन सम्बोधन गर्नुभएको थियो । सचिव ज्यूको निर्देशन सम्बोधन अस्पतालको सरसफाईमा ध्यान दिन, उपचारार्थ आउने विरामीहरुलाई भेदभाव नगर्न, समान व्यवहार गर्न लगायत विश्वव्यापी महामाहरीको रुपमा फैलिरहेको कोरोना भाइरसबाट भविष्यमा हुनसक्ने जोखिमलाई मध्यनजर राख्दै (संभावित विरामीको लागि) हाल छुट्याइएको Isolation Ward मा थप शौयाहरुको व्यवस्था गर्न तर्फ समेत आवश्यक निर्देशन दिनुभएको थियो ।

उक्त निरीक्षण कार्यक्रममा नेपाल प्रहरीका संगठन प्रमुख श्रीमान् प्रहरी महानिरीक्षकज्यू समेतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार