प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

गृह सचिव महेश्वर न्यौपानेबाट नेपाल प्रहरी अस्पतालको निरीक्षण तथा निर्देशन सम्बोधन

२०७८-०६-१६

  • A
  • A-
  • A+
Share

श्रीमान् गृह सचिव महेश्वर न्यौपानेबाट आज मिति २०७६।११।२८ गते विहान ७:३० बजेको समयमा यस नेपाल प्रहरी अस्पतालको निरीक्षण गर्नुका साथै उपस्थित सम्पूर्ण प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन सम्बोधन गर्नुभएको थियो । सचिव ज्यूको निर्देशन सम्बोधन अस्पतालको सरसफाईमा ध्यान दिन, उपचारार्थ आउने विरामीहरुलाई भेदभाव नगर्न, समान व्यवहार गर्न लगायत विश्वव्यापी महामाहरीको रुपमा फैलिरहेको कोरोना भाइरसबाट भविष्यमा हुनसक्ने जोखिमलाई मध्यनजर राख्दै (संभावित विरामीको लागि) हाल छुट्याइएको Isolation Ward मा थप शौयाहरुको व्यवस्था गर्न तर्फ समेत आवश्यक निर्देशन दिनुभएको थियो ।

उक्त निरीक्षण कार्यक्रममा नेपाल प्रहरीका संगठन प्रमुख श्रीमान् प्रहरी महानिरीक्षकज्यू समेतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार
नेपाल प्रहरी अस्पतालको स्वास्थ्य प्रतिकार्य व्यवस्थापन
२०८३-०५-१५

मिति २०८३ भाद्र १० गते रसुवा जिल्लाको सिमा क्षेत्र रसुवागढी र तल्लो तटिय क्षेत्रमा भोटेकोशी नदीमा आएको भिषण बाढीबाट हालै उत्पन्न भएको/हुन सक्ने विपद्जन्य परिस्थितिका कारण प्रभावित नागरिक, सुरक्षाकर्मी तथा अन्य सम्बन्धित व्यक्तिहरूमा आकस्मिक स्वास्थ्य समस्या, चोटपटक, संक्रमणजन्य रोग तथा अन्य स्वास्थ्य जोखिम उत्पन्न हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै विपद् प्रतिकार्यका लागि आवश्यक स्वास्थ्य सेवा तत्काल उपलब्ध गराउनुपर्ने अपरिहार्य देखिएको हुँदा नेपाल प्रहरीको तर्फबाट नेपाल प्रहरी अस्पतालबाट निम्‍नानुसारको व्यवस्थापन मिलाईएको छ ।१. नेपाल प्रहरी अस्पताल, महाराजगंजमा ५० शैय्याको ट्रमा वार्ड स्थापना गरि उपचार सेवा प्रदान गर्दै आईरहेको ।२. अस्पतालले ८ वटा शवगृह तयारी हालतमा राखेको थप निर्माणका लागि आवश्यक पहल भईरहेको ।३. अस्पतालमा हेल्प डेस्क स्थापना गरी घाइते विरामी तथा निजहरूको आफन्तहरूलाई समन्वय गरिरहेको ।४. विपद् व्यवस्थापन टिमले आवश्यक उपचार तथा व्यवस्थपनका कार्य गरिरहेको ।५. अस्पतालाई आवश्यक पर्ने औषधी  तथा औषधीजन्य सामाग्रीहरूको व्यवस्थापन मिलाई स्वास्थ्यकर्मीद्धारा नुवाकोट तथा रसुवाका विभिन्न स्थानमा गई फिल्डमा अस्थायी अस्पताल स्थापना गरि बाढी पिडितहरूलाई स्वास्थ्य सेवा प्रदान गरिरहेको ।