प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

PPE हस्तान्तरण कार्याक्रम

२०७८-०६-१६

  • A
  • A-
  • A+
Share

मिति २०७७।०५।१५

COVID-19 को संक्रमण दिनानुदिन फैलिई गई  विश्वभर माहामारीको रुपमा देखा परेको विषम परिस्थितिमा नेपाल प्रहरी अस्पतालप्रति सद्‌भाव देखाई AOALLIANCE Asia Steering Committe का प्रमुख प्रा. डा. रमेश प्रसाद सिंहज्यूबाट स्वास्थ्यकर्मीहरुको लागि आवश्यक पर्ने PPE (Personal Protective Equipment) थान ७५ (पचहत्तर) नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्रा. प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहज्यूलाई हस्तान्तरण गर्नुभएको छ ।

सम्बन्धित समाचार
नेपाल प्रहरी अस्पतालको स्वास्थ्य प्रतिकार्य व्यवस्थापन
२०८३-०५-१५

मिति २०८३ भाद्र १० गते रसुवा जिल्लाको सिमा क्षेत्र रसुवागढी र तल्लो तटिय क्षेत्रमा भोटेकोशी नदीमा आएको भिषण बाढीबाट हालै उत्पन्न भएको/हुन सक्ने विपद्जन्य परिस्थितिका कारण प्रभावित नागरिक, सुरक्षाकर्मी तथा अन्य सम्बन्धित व्यक्तिहरूमा आकस्मिक स्वास्थ्य समस्या, चोटपटक, संक्रमणजन्य रोग तथा अन्य स्वास्थ्य जोखिम उत्पन्न हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै विपद् प्रतिकार्यका लागि आवश्यक स्वास्थ्य सेवा तत्काल उपलब्ध गराउनुपर्ने अपरिहार्य देखिएको हुँदा नेपाल प्रहरीको तर्फबाट नेपाल प्रहरी अस्पतालबाट निम्‍नानुसारको व्यवस्थापन मिलाईएको छ ।१. नेपाल प्रहरी अस्पताल, महाराजगंजमा ५० शैय्याको ट्रमा वार्ड स्थापना गरि उपचार सेवा प्रदान गर्दै आईरहेको ।२. अस्पतालले ८ वटा शवगृह तयारी हालतमा राखेको थप निर्माणका लागि आवश्यक पहल भईरहेको ।३. अस्पतालमा हेल्प डेस्क स्थापना गरी घाइते विरामी तथा निजहरूको आफन्तहरूलाई समन्वय गरिरहेको ।४. विपद् व्यवस्थापन टिमले आवश्यक उपचार तथा व्यवस्थपनका कार्य गरिरहेको ।५. अस्पतालाई आवश्यक पर्ने औषधी  तथा औषधीजन्य सामाग्रीहरूको व्यवस्थापन मिलाई स्वास्थ्यकर्मीद्धारा नुवाकोट तथा रसुवाका विभिन्न स्थानमा गई फिल्डमा अस्थायी अस्पताल स्थापना गरि बाढी पिडितहरूलाई स्वास्थ्य सेवा प्रदान गरिरहेको ।