निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
आज मिति २०७२।११।१८ गते बिहान ०९ः०० बजेदेखि १५ः०० बजेसम्म काठ्माण्डौं जिल्ला, शंखरापुर नगरपालिका वडा नंं. १२ स्थित उग्रतारा मा.वि. घुमारचोकमा १०६ औं अन्तराष्ट्रिय नारी दिवश को अवसरमा नेपाल प्रहरी श्रीमती संघ तथा नेपाल प्रहरी अस्पतालको संयुक्त आयोजनामा संचालित स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरियो ।
उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष रोशी अर्याल लगायत संघका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । सोही क्रममा यस अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्राविधिक प्रहरी वरीष्ठ उपरीक्षक डा. आशा सिंहले महिलाहरुको पाठेघर(आङ्ग) खस्ने रोग सम्बन्धी जनचेतनामुलक कार्यक्रमका सम्बन्धमा उक्त स्कुलका शिक्षक शिक्षिका, छात्राहरु र शिविरमा उपचारका लागि उपस्थित भएका महिलाहरुलाई जानकारी गराउनु भएको थियो । सो कार्यक्रममा १६१ जना महिलाहरुको चेकजाँच गरिनुका साथै निःशुल्क औषधि वितरण समेत गरिएको थियो ।
