प्रहरी महानिरीक्षकबाट अस्पताल निरीक्षण कार्यक्रम सम्पन्न
आज मिति २०७०।०५।२४ गते सोमबार बिहान ०९:०० बजे प्रहरी महानिरीक्षक कुवेर सिंह राना बाट नेपाल प्रहरी अस्पताल, महाराजगंजका सम्पूर्ण बिभाग तथा शाखाहरुको स्थलगत निरीक्षण कार्यक्रम सम्पन्न भयो । स्थलगत निरीक्षण भ्रमणको क्रममा अस्पतालमा भई रहेका बिभिन्न गतिविधी एवं प्रस्तावित नेपाल प्रहरी मेडिकल कलेजको बारेमा अस्पतालका मेडिकल डाइरेक्टर प्र.अ.म.नि. डा.राम नाथ सिंहबाट प्रस्तुतिकरण भएको थियो ।
सो अवसरमा प्रहरी प्रधान कार्यालय, प्रशासन बिभाग प्रमुख प्र.अ.म.नि. विनोद सिंह, अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर, बिभाग प्रमुखहरु लगायत प्रहरी प्रधान कार्यालय तथा यस अस्पतालका वरीष्ठ प्रहरी अधिकृतहरुको उपस्थिती रहेको थियो ।
सोही अवसरमा संगठन प्रमुखबाट अस्पतालमा हाल निर्माण कार्य भई रहेका भौतिक संरचना, अस्पतालले प्रदान गर्ने सेवाको स्तरोन्नती तथा प्रस्तावित नेपाल प्रहरी मेकिडल कलेजको बारेमा चासो व्यक्त गर्दै अमूल्य निर्देशन दिनु भएको थियो ।
