निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौंजितपुरफेदीमिति २०६९ असोज २० गते ।                  ५७ औं प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी अस्पताल, महाराजगंज, सामुदायिक सेवा समाज, ठमेल, सामुदायिक प्रहरी सेवा, ठमेल तथा जनजागरण युवा क्लव, जितपुरफेदीको संयुक्त आयोजनामा, काठमाडौंको जितपुरफेदी स्थित कालिकाशरण माध्यामिक विद्यालयको हातामा र जितपुरफेदी उप-स्वास्थ्य चौकी भवनमा निःशुल्क स्वास्थ्य शिविर सन्चालन गरियो ।

        नेपाल प्रहरी अस्पतालका मेडिकल र्डाईरेक्टर प्र...नि. डा. रामनाथ सिंहको नेतृत्वमा सन्चालन भएको उक्त स्वास्थ्य शिविरमा अस्पतालका विभिन्न रोगसंग सम्बन्धीत विशेषज्ञ तथा चिकित्सकहरुबाट बिरामीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो ।

       बिहान ०८ बजेदेखि शुरु भएको उक्त स्वास्थ्य परीक्षणमा सामान्य चिकित्सा सम्बन्धी २०६ जना, बालरोग सम्बन्धी ४५ जना र स्त्री तथा प्रसूति रोग सम्बन्धी २४ जना गरी जम्मा २७५ जना बिरामीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिनुका साथै औषधि समेत निःशुल्क वितरण गरिएको थियो ।

       उक्त निःशुल्क स्वास्थ्य शिविरमा स्थानिय भद्रभलादमी, सामुदायिक सेवा समाज, ठमेल, जनजागरण युवा क्लव, जितपुरफेदीका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।