स्वास्थ्य परिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

मिति २०७६।१०।१८                                                           IMG 1619

पूर्व प्रहरी कर्मचारीलाई प्रदान गरिने स्वास्थ्य सेवाको स्तरबृद्धि गर्न उद्देश्य तथा सल्लाह सुझाव सहित नेपाल प्रहरी अस्पतालाको सभा हलमा एक समरोहका बिच स्वास्थ्य परिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा पूर्व प्रहरी महानिरीक्षक, पूर्व प्रहरी अत्तिरिक्त महानिरीक्षकहरुबाट अस्पतालको स्तरवृद्धि तथा स्वास्थ्य सेवा प्रवाहलाई कसरी पूर्व प्रहरी कर्मचारीको उपचार सेवा विकास तर्फ उन्मुखहुने बारे वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । साथै सोहि अवसरमा पाल्नुहुने सम्पूर्ण पूर्व प्रहरीहरुको स्वास्थ्य परिक्षण सम्पन्न गरिएको थियो ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. आशा सिंहज्यूद्वारा अस्पतालको चौतर्फी विकास गर्ने तथा विशेषत पूर्व प्रहरी कर्मचारीको सेवाको स्तर समय सापेक्ष पूर्ण नभएको जिकिर गर्दै पूर्व प्रहरी कर्मचारीको स्वास्थ्य सेवा प्रवाहको स्तरबृद्धिमा विशेष जोड दिने बताउनु भएको छ । पूर्व प्रहरी संगठन तथा परिषद्को सुझावलाई मनन् गर्दै अस्पतालमा थप विशेषज्ञता, तथा व्यवहारमा विशेष जोड प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।