रक्त संचार केन्द्रको समुदघाटन

मिति २०७६।०९।०२ गते बिहान ८:४५ बजेको  समयमा नेपाल प्रहरी अस्पतालको सेवा बिस्तार योजना अनुरुप राष्ट्रिय बाणिज्य बैकको आर्थिक सहयोगमा नव निर्मित रक्त संचार केन्द्रको संगठन प्रमुख श्रीमान प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल ज्यू र राष्ट्रिय वाणिज्य बैक केन्द्रिय कार्यालयका प्रमुख कार्यकारी अधिकृत श्री किरण कुमार श्रेष्ठ ज्यूबाट संयूक्त रुपमा समुदघाटन एवंम यस अस्पतालको आन्तरिक श्रोतबाट स्थापना गरिएको फिजियोथेरापी रिहाविलिटेशन युनिटको संगठन प्रमुख श्रीमान प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालज्यूवाट समुदघाटन गर्नुभई उत्कृष्ठ कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कार वितरण गर्नुका साथै अस्पतालमा कार्यरत प्रहरी कर्मचारीहरुलाई अमूल्य निर्देशन सम्वोधन गर्नु भयो ।