तालिम समापन :Critical Care Management for Staff Nurse

 

 

नेपाल प्रहरी अस्पतालको  आ.व. २०७६।७७ स्विकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०७६।०५।२९ गतेदेखि संचालित १५ कार्य दिनको गैर आवशिय "Critical Care Management Training for Staff Nurse" (प्र.नि./प्र.ना.नि) तेस्रो समुहको आज मिति २०७६।०६।१५ गते यस अस्पतालका मेडिकल डाइरेक्टर प्रा.प्रहरी अतिरीक्त महानिरीक्षक डा. दुर्गा थापा ज्यूबाट तालिम समापन गर्नुभएको छ।

उक्त कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण पश्चात मेडिकल डाईरेक्टर ज्यूबाट तालिमको मुख्य लक्ष्य सफल, सक्षम एंव व्यावसायिकता निर्माण गर्नु रहेको चर्चा गर्दै तालिममा सफल रहनुभएका प्रशिक्षार्थीहरुलाई उच्च मनोबलका साथ तालिम बाट प्राप्त ज्ञान-सिपको सदुपयोग गर्न निर्देशन दिनुभएको छ ।

साथै उक्त तालिममा १० जना प्रहरी अधिकृतहतुले सफलतापूर्वक तालिम सम्पन्न गर्नुभएको छ ।