क्यान्सर सम्बन्धि जनचेतनामूलक कार्यक्रम

मिति २०७६।०३।१४, शनिबार
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अनुसार नेपाल प्रहरी श्रीमति संघ र नेपाल प्रहरी अस्पतालको संयुक्त आयोजनामा श्री टोखा नगरपालिकामा संचालन गरिएको महिलाहरुमा हुनसक्ने क्यान्सर सम्बन्धि जनचेतनामूलक कार्यक्रम तथा निःशुल्क Pap Smear test सुसम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता प्र.ना.म.नि.डा. आशा सिंहज्यू तथा प्रमुख अतिथि नेपाल प्रहरी श्रीमति संघका अध्यक्ष श्रीमति प्रमिला खनालज्यूले गर्नु भएको थियो । टोखा नगरपालिका नगरपालिका नगर प्रमुख श्री प्रकाश अधिकारीज्यू, उप-प्रमुख ज्ञानुमायाँ डंगोलज्यू पाल्नुभएको थियो।