नेपाल प्रहरी अस्पतालको ३५ औं बार्षिकोत्सव कार्यक्रम

मिति २०७६।०१।०५ गते विहान ०८.०० बजे यस अस्पतालको ३५ औं बार्षिकोत्सव कार्यक्रममा श्रीमान् प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालज्यूको प्रमुख आतिथ्यमा पूर्व प्रहरी महानिरीक्षकज्यूहरु, पूर्व तथा बहालवाला प्रहरी अतिरीक्त महानिरीक्षकज्यूहरु, प्रहरी नायव महानिरीक्षकज्यूहरु, विभिन्न अस्पतालका प्रमुख तथा भिजिटिङ्ग कन्सल्टेण्टहरुनेपाल प्रहरी श्रीमती संघको पदाधिकारीज्यूहरु तथा उपत्यका स्थित प्र.ब.उ.हरु लगायत यस अस्पतालमा कार्यरत सकल दर्जाका प्रहरी कर्मचारीहरुको उपस्थितीमा  १०.०५ वजे समापन भयो ।

                   साथै उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूवाट भि.आई.पि.डिलक्स र शिशु स्याहार केन्द्रको समुदघाटन गर्नुका साथैआरोग्य दर्पण २०७५” लोकार्पण गर्नु भई उत्कृष्ठ कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कार वितरणयस अस्पतालमा लामो समयसम्म सेवा गर्नुहुने चिकित्सक तथा भिजिटिङ्ग कन्सल्टेण्टहरुलाई कदर- पत्र र प्रसंशा-पत्र प्रदान गर्नु भई अमुल्य निर्देशन दिनु भएको र नेपाल प्रहरी श्रीमती संघबाट अस्पताललाई सहयोग स्वरुप १०० थान तन्ना र सिरानीको खोल समेत हस्तान्तरण गरी वेड भर्ना भई उपचार गराईरहेका विरामीहरुलाई फलफूल वितरण गरिएको उक्त कार्यक्रममा मेडिकल डाईरेक्टर प्रहरी अतिरीक्त महानिरीक्षक डा. दुर्गा थापावाट स्वागत मन्तब्य तथा अस्पतालको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने डेपुटी मेडिकल डाईरेक्टर प्रहरी नायव महानिरीक्षक डा.मीनराज पाठकवाट धन्यवाद ज्ञापन गर्नुभएको थियो ।