निशुल्क स्वास्थ्य शिविर संचालन

६३ औं प्रहरी दिवस २०७५ को अवसरमा यहि मिति २०७५।०६।०८ गते सोमबार नेपाल प्रहरी अस्पताल र नागार्जुन नगरपालिकाको आयोजनामा रत्न राज्य मा.वि., रामकोट र प्राथमिक स्वास्थ्य केन्द्र रामकोट, काठमाण्डौं मा निशुल्क स्वास्थ्य शिविर संचालन गरियो । सो शिविरमा यस अस्पतालमा कार्यरत डाक्टरहरूद्वारा ४२१ जना बिरामीहरूलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।