नेपाल प्रहरी अस्पतालको ३३औं वार्षिकोत्सव समारोह सम्पन्न

समारोहमा अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर प्र.ना.म.नि. डा. दुर्गा थापा पुनले स्वागत मन्तव्य तथा अस्पतालको वार्षिक प्रतिवेदन पेश गर्नु भएको थियो । पूर्व प्रहरी महानिरीक्षक हेम बहादुर सिंहले अस्पतालमा भिजिटिङ कन्सल्टेण्टको रुपमा सेवा पुर्याउनु हुने वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रवि मल्ल तथा प्लास्टिक सर्जरी विशेषज्ञ प्रा. डा. ईश्वर लोहनीलाई अस्पतालको तर्फबाट प्रसंशा पत्र प्रदान गर्नु भएको थियो । पूर्व प्रहरी महानिरीक्षक ध्रुर्व बहादुर प्रधान तथा ओम विक्रम राणाले प्रहरी सेवामा प्रवेश गरी २५ वर्ष सेवा अवधी पुगेका अस्पतालमा कार्यरत प्रहरी कर्मचारीहरुलाई अस्पतालको तर्फबाट कदर पत्र प्रदान गर्नु भएको थियो । सोही क्रममा वर्षभरी अस्पतालमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई अस्पतालको तर्फबाट पूर्व प्रहरी महनिरीक्षक रमेश चन्द ठकुरी तथा कुवेर सिंह रानाले नगद पुरस्कार सहित प्रशंसा पत्र प्रदान गर्नु भएको थियो । कार्यक्रममा अस्पतालको उत्कृष्ट विभागको पुरस्कार पाउन सफल सघन उपचार कक्षलाई प्रशंसा पत्र तथा शिल्ड अस्पतालका संस्थापक मेडिकल डाईरेक्टर डा. प्रेमलाल श्रेष्ठज्यूले प्रदान गर्नु भएको थियी भने अस्पतालका पूर्व मेडिकल डाइरेक्टर पूर्व प्रहरी अतिरिक्त महनिरीक्षक डा. रामनाथ सिंहलाई अस्पतालको सेवा र विकासमा पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै समारोहका प्रमुख अतिथी निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक डा. दिनेश चन्द्र पोख्रेलज्यूले सम्मान पत्र प्रदान गर्नु भएको थियो । पूर्व आयुक्त ईन्द्र बहादुर शेरचनज्यूले अस्पतालका पूर्व प्रहरी वरिष्ठ उपरिक्षक डा. कन्हैया बहादुर श्रेष्ठलाई अस्पतालको सेवामा समर्पित भई पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै सम्मान पत्र प्रदान गर्नु भएको थियो ।

वार्षिकोत्सवको अवसरमा प्रकाशित वार्षिक वुलेटिनको लोकार्पण पश्चात निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक डा. दिनेश चन्द्र पोख्रेल ज्यूले नेपाल प्रहरी अस्पताल प्रहरी कर्मचारी तथा प्रहरी परिवार तथा पुर्व प्रहरी कर्मचारीको स्वास्थ्य उपचारमा गुणस्तरिय सेवा प्रदान गर्न प्रतिवद्ध रहेको र अस्पतालको विकासमा आफु निरन्तर लागिरहने बताउनु भएको थियो । कार्यक्रमको अन्त्यमा अस्पतालका प्रहरी नायव महानिरीक्षक डा. अजित कुमार गुरुङले धन्यवाद व्यक्त गर्नु भएको थियो ।